मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्दै

दैनिक नेपाल २०७८ वैशाख ५ गते १६:१९

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।

समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमाले नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा छन् ।

बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ । आइतबार प्रचण्डले केपी ओली नेतृत्वको सरकार ढाल्ने अन्तिम तयारीमा आफूहरु पुगेको बताएसँगै यो बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकार ढाल्ने खेलमा लागेका प्रचण्डले अहिलेसम्म पनि एमालेलाई दिएको समर्थन फिर्ता लिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित