
काठमाडौं, ५ वैशा । अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेकी एक महिलाको बीभत्स हत्या भएको छ ।
शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
देवर भाउजूबीच पहिले देखिनै मनमुटाब भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।















प्रतिक्रिया