
बैतडी, ४ वैशाख । बैतडीमा हथौडाले प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोगडाकेदार गाउँपालिका–३ सिलेगाडाका २२ वर्षीय नारायाण भुलले कलौन बस्ने १५ वर्षीय महेश भुलको टाउकोमा हथौडा प्रहार गरेको आरोप लागेको छ ।
घटना शनिबार मध्यान्ह १२ बजेतिरको हो । मृतकको टाउकोमा चोट छ । खोंचलेक प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।















प्रतिक्रिया