
काठमाडौं, ४ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज शनिबार बस्ने भएको छ ।
दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा विद्यालय सञ्चालनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । साथै बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे गम्भीर रुपमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया