५ कार्तिक २०८३, बिहिबार

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ ।

विसं २०७२ देखि मनोरोगले पीडित उनको शुक्रबार राति निधन भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।

वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएका थिए । विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्‍मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् ।