५ कार्तिक २०८३, बिहिबार

जापानी राजदूत किकुता युताकाले राष्ट्रपति भण्डारीलाई बुझाए ओहोदाको प्रमाणपत्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेपालका लागि जापानी राजदूत किकुता युताकाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

शुक्रबार ओहोदाको प्रमाणपत्र बुझाएपछि राष्ट्रपति र राजदूत किकुताबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध, कोभिड–१९ महामारी सिर्जित परिस्थिति, व्यापार तथा लगानी प्रवद्र्धन र नेपालको आर्थिक–सामाजिक विकासका विषयमा छलफल भएको थियो ।

राजदूत किकुताले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसले काठमाडौँको जनजीवनमा सुधार आउने बताए । जापानले उक्त आयोजनाकै अभिन्न भागका रूपमा रहेको सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण गरेको छ ।

राजदूत किकुताले सन् २०२५ मा ओशाका, कान्साइ एक्स्पो नेपालले पनि भाग लिइ ‘समृद्ध नेपाल, सुखी नेपाली’का लापग बाह्य लगानी आकर्षित गर्न सक्ने बताए ।

राष्ट्रपति भण्डारीसँगको संक्षिप्त छलफलमा राजदूत किकुताले ‘नेपाल र जापानबीच मैत्रीपूर्ण र घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच सधैं मजबुत सम्बन्ध कायम रहने’ उल्लेख गरेको राजदूतलाई उद्धृत गर्दै काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।