
काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको छ ।
प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको प्रचण्ड जानकारी दिए । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले फोन गरेका हुन् ।
‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले जानकारी दिए । मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ’ कार्यक्रममा प्रचण्डले भने ।
यद्यपि फोनमा के के कुराकानी भयो भन्नेबारे स्पष्ट पारिएको छैन । प्रचण्डले सो गाउँपालिकाको बाटो निर्माणका लागि प्रधानमन्त्री ओलीलाई भनिदिने समेत बताए ।
प्रचण्डले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो ? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु । मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’
उनीहरुबीच निकै लामो समयपछि टेलिफोन कुराकानी भएको हो । पछिल्लो राजनीतिक परिस्थितिमा यसले विशेष राख्ने अनुमान गरिएको छ ।












प्रतिक्रिया