१४ कार्तिक २०८३, शनिबार

वर्षाका कारण आजको एनपीएलको खेल हुने सम्भावना कम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ । तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना कम रहेको छ ।

त्रिवि अर्न्तराष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछ ।

दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ ।

एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुवै खेलमा पराजित भएको थियो ।

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शीर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।