१४ कार्तिक २०८३, शनिबार

कोशीका यी जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभी सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म (८ घण्टा) मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाहरूको सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा पूर्ण वा आंशिक रूपमा विद्युत आपूर्ति बन्द हुनेछ ।

केरौन सबस्टेसनको उपकरणहरू परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नं. ६८ तथा ६९ को बीचमा डेड इण्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप–इन लुप–आउट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रभावित हुने भएको हो ।

अर्नब चक्रवातको प्रभावका कारण शनिबारको दिन काम सुरु हुन नसकेको वा आंशिक रूपमा मात्र काम गर्न सक्ने अवस्था सिर्जना भएको खण्डमा आइतबार बिहान ४ बजेदेखि १६ बजेसम्म तथा सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म समेत विद्युत आपूर्ति बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्धारित समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा त्यस अगावै सुचारु हुन सक्नेछ ।