
काठमाडौँ, ३ वैशाख । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१ भोटेचौरस्थित एकिकृत कृषि फर्ममा शुक्रबार बिहान आगलागी हुँदा फर्मभित्र रहेको कम्प्युटर, प्रिन्टर, फ्रिज, इन्टरनेट उपकरण, दराज,
बाकस लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बागलुङ, बागलुङ नगरपालिका–२ बाघचोकस्थित सुन्दर श्रेष्ठको श्रेष्ठ हार्डवयरमा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन
।
स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया