५ कार्तिक २०८३, बिहिबार

नेपालगञ्जको बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार नेपालगञ्जस्थित पवित्र वागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने उद्धेश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने अभियानलाई सहयोग पुर्याउन उक्त सेवा शुरुवात गरेको बैंकको भनाइ छ ।

बैंकले देशका विभिन्न स्थानहरूमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुराँ, कस्मेटिक पसलहरू, यातायात सेवाहरू लगायत विभिन्न व्यसायीहरूलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको दाबी गरेको छ ।