५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंक इन्टरनेशनलको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको लालपत्तामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरको लालपत्तामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्तामा १०९औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बताएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुने बैंकको भनाइ छ ।