१४ कार्तिक २०८३, शनिबार

काठमाडौँसहित अधिकांश स्थानमा ठूलो हावाहुरी सजग रहन अपील

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ वैशाख । काठमाडौँमा बिहीबार राति भयानक हावाहुरी चलेको छ ।

राती ९ बजेदेखि चलेको हुरीका कारण भएको क्षतिको विवरण भने आइसकेको छैन । ठाउँठाउँमा छिटफुट वर्षासहित हावा चलेको हो ।

हुरीका कारण जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको जानकारी आएको छ । त्यस्तै, महाशाखाले सचेत रहन समेत आग्रह गरेको छ ।

त्यस्तै, देशका पूर्वी जिल्लाहरुमा पनि हुरीसहित पानी परेको बताइएको छ ।