
काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।
उनीहरुबीच बिहीबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको बताइएको छ ।
भेटवार्तामा सरकारका तर्फबाट नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए । त्यस्तै, जसपाका नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
छलफलमा जसपाले आफ्नो मागको विषयमा कुरा उठाएको बुझिएको छ ।












प्रतिक्रिया