५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका झापाका एक जना संक्रमितको मृत्यु भएको हो । विर्तामोड नगरपालिका–८ निवासी ति पुरुष केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।

भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो ।