५ कार्तिक २०८३, बिहिबार

नेपालमा युके भेरिएन्टका कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिँदै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

पछिल्लो समय मुलुकमा बढ्दो कोरोना सङ्क्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भइसकेको पुष्टि भएको सरकारले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा देखिने गरेका कोरोना सङ्क्रमितहरुमा बेलायतमा देखिएको न्यू भेरिएन्ट ‘युके भेरिएन्ट’ र भारतमा देखिएको डबल म्युटेन्ट भाइरस पनि पुष्टि भएको छ ।

मन्त्रालयले भारतसँग जोडिएका सीमा नाकाहरुमा गर्ने गरेको नमूना परीक्षण र प्रयोगशालाहरुमा गरिने पीसीआर परीक्षणमा युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट फेला परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरु भइसकेको भन्दै सबैलाई सचेत र सतर्क रहनआग्रह गरेका छन् । यस्तै स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको दोस्रो चरणको लहर राम्रोसँग समुदायस्तरमै फैलिसकेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।