५ कार्तिक २०८३, बिहिबार

मुख्यमन्त्री गुरुङ भन्छन्– अविश्वासको प्रस्ताव आए सामना गर्छु, डराएर भाग्दिनँ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाखरा, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वास प्रस्तावसँग आफू नडराउने बताएका छन् ।

उनी नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसे पनि अविश्वासको प्रस्तावको सामना गर्ने स्पष्ट पारेका छन् ।

गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः आज बिहीबार नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । सभामा काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ र मुख्यमन्त्री गुरुङको बहुमत गुम्ने स्थिति छ ।