५ कार्तिक २०८३, बिहिबार

एक्सेल बैंकको हकप्रद निष्काशनका लागि विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ ।

यो हकप्रद रु. १०० अंकित दरको सेयर पूँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्ने छ ।