
पोखरा, ३१ चैत । राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा पोखरा महानगरपालिका–२७ स्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ ।
विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट रेश्मा पाण्डेको अध्यक्षतामा ९ सदस्यीय सहकारी बाल क्लव गठन गरिएको हो । क्लवको उपाध्यक्षमा विश्वास भण्डारी, सचिवमा शीर्षक कँडेल, सह–सचिवमा कुसुम पौडेल, कोषाध्यक्षमा आयुष्मा भट्टराई तथा सदस्यहरुमा अनिशा गुरुङ्ग, सुजता सापकोटा, कृष्ण ढकाल र सुधीर बराल छन् ।
विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्थादेखि नै सहकारीको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।
६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बैंकका ६८ वटै शाखामार्फत एक–एक वटा विद्यालयमा सहकारी बाल क्लव गठन गर्ने कार्यक्रम सञ्चालन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । भेलामा बालक्लवका संरक्षक तथा विद्यालयका शिक्षक शिवमणि भण्डारीले बालबालिकाहरुलाई वित्तीय रुपमा सचेत बनाउने अभियान शुरु गरी लक्ष्मी आदर्श माविलाई रोजेकोमा सहकारी बैंकलाई धन्यवाद ज्ञापन गरे ।
विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका सल्लाहाकार रविरमण तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत पोखरा शाखा प्रमुख नरेश पाण्डे र वित्तीय साक्षरता र बैंकको समसामयिक अवस्थाका बारेमा तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले सहजीकरण गरेका थिए ।
प्रमुख अतिथि तिवारील आफ्नो प्रारम्भिक संस्था माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी बाल क्लवका लागि ५ हजार रुपैयाँको कोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।















प्रतिक्रिया