५ कार्तिक २०८३, बिहिबार

व्यवसायी दीपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दीपेन्द्र कुमार खत्री नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन् ।

व्यवसायीहरुका समस्या समाधानका लागि क्रियाशील खत्रीलाई उद्योग वाणिज्य महासंघ अन्तर्गतको उक्त केन्द्रको बैठकले उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

कृषि उद्यम शिलताको प्रवर्द्धन गर्ने, कृषि उद्यमसम्बन्धी योजना बनाउने, कृषि उद्योगमा लगानी भित्र्याउने, निजी क्षेत्रलाई सकृय बनाउन पहल गर्ने, कृषिजन्य वस्तुको आयात निर्यातमा सहज वातावरण बनाउन सरोकारवालासँग समन्वय साझेदारी गर्ने जस्ता काम निजी क्षेत्रबाट यो केन्द्रको महत्त्वपूर्ण भुमिका हुने गर्छ ।

साविकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भइसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत भएका कारण उनलाई उक्त पदमा नियुक्त गरिएको हो । खत्रीको सामाजिक संघसंस्था तथा व्यावसायिक लगानीको क्षेत्रमा संलग्नता रहेको छ ।