५ कार्तिक २०८३, बिहिबार

हत्या गरी फरार व्यक्ति १७ वर्षपछि पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । बन्चरो प्रहार गरी छिमेकीको हत्या गरी फरार एक जनालाई बर्दिया प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

बर्दिया बढैयाताल–३ मा जितबहादुर गोदार क्षेत्रीको २०६० साल कात्तिक १० गते बन्चरो प्रहारपछि हत्या भएको थियो । उक्त हत्याकाण्डमा संग्लग्न ९ जनालाई त्यतिबेलै पक्राउ गरी २० वर्षको कैद सजायँ सुनाइए पनि मुख्य योजनाकार मानिएका कृपाराम खटिक सोमबार पक्राउ परेका हुन् ।

जिल्ला अदालतको फैसलाअनुसार उनलाई हिजै जिल्ला कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनलाई प्रहरीले बढैयाताल–३ बाटै पक्राउ गरेको हो ।

खटिकले बन्चरो प्रहरी गरी हत्या गरेलगत्तै भारततर्फ भागेको बयान दिएका छन् । ९ वर्षसम्म उनी भारतको रुपैडिया, नानपारा लगायतका ठाउँमा मजदूरी गरी बसेको र पछिल्लो करिब ९ वर्षदेखि रुपैडियाको मोहनपुरमा स्थायी बसोबास गर्दै आएका थिए ।