
काठमाडौं, ३० चैत । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ ।
आगामी वैशाख ६ गतेका लागि उक्त बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले समसायिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाएको उनको भनाइ छ ।
यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखेको थियो ।
बैठकले महाधिवेशन तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने बताइएको छ ।















प्रतिक्रिया