५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमणविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ३० चैत । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान हुरू गरेको छ ।

राजधानीको पुरानो बसपार्कबाट आज सोमबारदेखि उक्त अभियान थालनी गरिएको महाशाखाले जनाएको छ । ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको हो ।

उक्त कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि शुरूवात गरिएको बताए । उनले कोभिड–१९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकाले बेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघ तथा युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नाका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्मा आ-आफ्नो विचार व्यक्त गरेको थिए । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उनीहरूको भनाइ छ ।

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्नु महाशाखाले विशेष अनुरोध गरेको छ । ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाको तयारी छ ।

कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई दृष्टिगत गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भीडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।