५ कार्तिक २०८३, बिहिबार

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ४ जना सांसदको पद खारेज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३० चैत । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई बर्खास्त गरेको छ ।

४ जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभालाई बुझाएको छ । नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टाभित्र स्पष्टीकरण सोधे पनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकामा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।