
काठमाडौँ, २७ चैत । नयाँ सरकार निर्माणका विषयमा भएको तीन दलबीचको छलफल सहमति नभइ सकिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा उनकै निवास बुढानिलकण्ठमा शुक्रबार बसेको ३ दलको काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको बैठक कुनै निष्कर्ष विनै टुंगिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र काँग्रेसको नेतृत्वमा सरकार बनाउने बारे छलफल भएको नेताहरुले बताएका छन् ।
सभापति देउवाको नेतृत्वमा सरकार निर्माण गर्न माओवादी केन्द्र सहमत भएपनि जसपाले भने कुनै ठोस निर्णय दिएन । जसपा प्रधानमन्त्री ओलीकै सरकारमा जाने कि नयाँ सरकार गठन गर्ने भन्नेमा दुई धारमा विभाजित छ ।
तीन दलबीच पुनः छलफल गर्ने सहमति भएको नेताहरुको भनाइ छ ।
करिब पौने घण्टा बसेको छलफल निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको थियो ।












प्रतिक्रिया