१४ कार्तिक २०८३, शनिबार

शुक्रबार थप २८८ जनामा संक्रमण, १२७ निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप २८८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।