
काठमाडौँ, २७ चैत । नयाँ सरकार गठनबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक ढिलाइ भएको छ ।
बैठकमा सहभागीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै समयमै पुगेका छन् । तर जसपाका नेताहरु भने बाटोमै छलफलमा जुटेपछि बैठक ढिलो भएको हो ।
प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् ।
नयाँ सत्ता समीकरणबारे छलफल गर्न लागिएको बैठकमा एउटै धारणा बनाउन जसपा आन्तरिक छलफलमा बसेपछि बैठक ढिलो भएको बताइएको छ ।












प्रतिक्रिया