१४ कार्तिक २०८३, शनिबार

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रद्वारा कारवाही

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि कारवाही गरेको छ ।

माओवादीले राष्ट्रियसभा सचिवालयलाई पत्र लेखेर थापालाई पार्टीबाट निष्कासन गरिएको जानकारी गराएको हो ।

सो पार्टीले थापा आफ्नो पार्टीबाट राष्ट्रिय सभा सांसद नरहेको स्पष्ट पारेको छ ।

यसअघि माओवादीले सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई कारवाही गरेको थियो । यससँगै, प्रतिनिधिसभामा थप ४ जना सांसदको पद रिक्त रहेको छ ।