५ कार्तिक २०८३, बिहिबार

तीन दलको बैठक बस्दै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ चैत । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाएका हुन् ।

देउवाको पछिल्लो कदमले सत्तासमीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ । एक साताअघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि अनिच्छुक देखिएका छन् ।

तर, अहिले सभापति देउवाले अग्रसरता देखाएका छन् । सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए ।