५ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सुवेदी विजयी (मत परिणामसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् ।

बिहीबार राति अबेर सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मोहन पन्तले ३३७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

त्यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् । त्यसअघि समावेशी सचिवमा कमल रानामगर निर्विरोध निर्वाचित भइरहेका छन् ।

देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा १ हजार २३४ मत खसेको थियो ।