मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

९ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न सरकारको आग्रह

दैनिक नेपाल २०७७ चैत २५ गते २०:०५

काठमाडौँ, २५ चैत । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन भएको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयले भीडभाड हुने स्थान शैक्षिक संस्थाहरुलगायतमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । त्यस्तै, मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित