
काठमाडौँ, २५ चैत । सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
संक्रमण जोखिमका कारण भक्तपुरमा मनाइने बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो ।
जिल्ला प्रशासनको निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो ।
चैत २८ गते हुने बिस्काः जात्रा भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो ।
नगरपालिकाद्वारा वुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो ।.
बैठकले विभिन्न माध्यमद्वारा स्वास्थ्य मापदण्ड अपनाउनेबारे सूचना पनि दिने निर्णय गरेको छ ।












प्रतिक्रिया