
काठमाडौँ, २४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजार २ सयको परीक्षण गर्दा गत २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
२४ घण्टामा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ जना रहेको छ ।
सबैभन्दा धेरै संक्रमित हुनेमा काठमाडौँ उपत्यका रहेका छन् । भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ९८ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया