काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।
कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् ।
उनी रातोपुलमै डेरामा बस्ने गरेका थिए । महानगरीय प्रहरी परिसर काठमडौँका अनुसार दरबारमार्गस्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामै भेटिएको हो ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाका सम्बन्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस