१३ कार्तिक २०८३, शुक्रबार

थालियो कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । चीनबाट अनुदान प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ ।

यो खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले २३ वटा अस्पताल तोकेको छ ।

खोप कार्यक्रममाको सुरुवातका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थित भएकी थिइन् ।

चीनले दिएको ८ लाख खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।