१३ कार्तिक २०८३, शुक्रबार

खनाल–नेपाल समूहले बनायो वागमती प्रदेश समानान्तर कमिटी, अष्टलक्ष्मी अध्यक्ष

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । नेकपा एमालेका माधवकुमार नेपाल–झलनाथ खनाल समूहले वागमती प्रदेशको पनि समानान्तर कमिटी निर्माण गरेको छ ।

पार्टी निर्णय विपरित पार्टीलाई विभाजन गर्नेतर्फ उन्मुख गतिविधिमा संलग्न सो समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबालगायत रहेका छन् ।

१७५ मध्ये १० जना सदस्य भने पछि थप्ने जनाइएको छ । सो समूहको यस्तो गतिविधिले पार्टीलाई विभाजित गरेको धेरै बुझाइ छ ।