
काठमाडौँ, २३ चैत । नेपालको पूर्वी पहाडी तथा तराइका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय जिल्लाबासीहरुले भूकम्प गएको भन्दै विभिन्न सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । भूकम्प पूर्वी नेपालका इलाम, झापालगायतका जिल्लाहरुमा महसुस गरिएकाे छ भने काठमाडाैँमा समेत सामान्य धक्का अनुभव गरिएकाे छ ।
साेमबार बेलुका ९ बजेर ४ मिनेटमा भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको विनादुरी केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएपछि स्थानीयमा त्रास पैदा भएकाे छ ।












प्रतिक्रिया