
काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जेठ असारसम्मा कोरोना संक्रमण अर्को उच्च विन्दुमा पुग्नसक्ने बताएको छ ।
स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नेपालमा दोस्रो वेभमा कोरोना संक्रमण आएको बताएका हुन् ।
संसद बैठकमा बोल्दै मन्त्री त्रिपाठीले संक्रमण जेठ असारमा उच्च विन्दुमा पुग्ने अनुमान गरेका हुन् ।
अघिल्लो वर्ष पनि जेठ पहिलो सातादेखि असारको दोस्रो सातामा उच्च विन्दुमा पुगेको र साउन अन्तिम सातामा घटेको र कात्तिकमा पुन देखिएको भन्दै मन्त्री त्रिपाठी यो वर्ष पनि त्यस्तै हुनसक्ने चिन्ता व्यक्त गरेका हुन् ।
क्रमशः संक्रमण घट्दै गएको अवस्थामा दोस्रो वेभको रुपमा संक्रमण बढिरहेको उनको भनाइ छ ।
छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।












प्रतिक्रिया