१३ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमण बढ्दै, सोमबार २६६ जनामा संक्रमण, ४ जनाको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १७६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।