१३ कार्तिक २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा प्रदर्शन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । त्यसको विरोधमा नेकपा एमालेका माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले निगमलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । मूल्य वृद्धिले लाखौँ विद्यार्थीहरु प्रभावित बनेको भन्दै विरोध गरेको हो ।

निगमले भने नेपालमा भण्डारण क्षमता नभएकाले भारतमा मूल्य बढाउने बित्तिकै नेपालमा पनि बढाउनुपर्ने बाध्यताका कारण मूल्य बढाइएको जनाएको छ ।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । भारतले तेलको मूल्य बढाएको सूची आएसँगै नेपालले पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ ।