
सुर्खेत, २३ चैत । कर्णाली प्रदेशका तीन जना मन्त्रीले मंगलबार राजीनामा दिने भएका छन् ।
सोमबार नै राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने भएका हुन् ।
आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले प्रदेशका मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको थियो ।
उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने बताएका हुन् । उनीहरुले पार्टीको निर्णयअनुसार राजीनामा दिन लागेको बताए ।
सामाजिक विकासमन्त्री दल रावलले रातोपाटीलाई जानकारी दिए ।
एमालेबाट प्रदेश सरकार मन्त्री बनेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन् ।












प्रतिक्रिया