१३ कार्तिक २०८३, शुक्रबार

संसदमा महेश बस्नेतकोे कविताद्वारा प्रचण्डमाथि खरो व्यंग्य

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । नेकपा एमालेका सांसद महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डका प्रवृत्तिमाथि व्यंग्य गरेका छन् ।

युववा संघका पूर्व अध्यक्ष समेत रहेका सांसद बस्नेतले लिखित कविता प्रस्तुत गर्दै प्रचण्डमाथि व्यंग्य प्रहार गरे ।

सम्माननीय सभामुखज्यू भनेर प्रस्तुत भएका बस्नेतले कुनै पनि नबाँधि तथा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डको नाम उच्चारण नगरिकनै फटाफट कविता वाचन गरे । उनको कविताले प्रचण्डले गरेका व्यवहारहरुको स्पष्ट खाका कोरेको थियो ।

महेश बस्नेतले संसदमा प्रस्तुत गरेको कविताः

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सिट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

धन्यवाद ।