५ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ बैंकको डिबेञ्चर विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । मुुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ को निष्काशनका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले रू. १,००० अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ निष्काशन गर्न लागेको छ । उक्त निष्काशनको विक्री प्रबन्धकमा बैंकले सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

डिबेञ्चर विक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

रू. १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात् रू. ७५ करोड) व्यक्तिगत तवरमार्फत् र ४० प्रतिशत (रू. ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने बताइएको छ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण गरिने छ । हाल नेपालमा दीर्घकालीन लगानीका लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीका लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकाले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले अपिल समेत गरेको छ ।