
काठमाडौं, २३ चैत । मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुने भएको छ ।
स्तरोन्नतिका लागि केबुलकार आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको हो । पहिलो चरणको कार्य अनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबलकार बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।
मर्मतका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएपछि केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने बताइएको छ ।
मर्मत सम्भारपश्चात् आगामी चैत ३१ गतेदेखि नियमित रुपमा सेवा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।















प्रतिक्रिया