
काठमाडौं, २३ चैत । सरकारले ३०० जना ‘लोकतान्त्रिक योद्धा’ लाई सम्मान गर्ने भएको छ ।
पहिलो चरणमा वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद परिवार, घाइते, अपाङ्ग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३०० लाई सम्मान गर्न लागेको बताइएको छ ।
‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान यो विषयमा छलफल हो ।
११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।
शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार समितिको रहेको छ ।















प्रतिक्रिया