५ कार्तिक २०८३, बिहिबार

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । मोरङमा ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका ६ सोमबारेका ५० वर्षीय गोपाल खड्कालाई हिजो आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।