
काठमाडौं, २३ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेकोे छ । त्यस अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रततोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनयता सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ ।















प्रतिक्रिया