
काठमाडौं, २३ चैत । सुदूरपश्चिम प्रदेशमा तीव्र संक्रमण फैलिन सक्ने नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिनअघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा छन् । विगतको भन्दा यो फरक प्रकारको संक्रमण भएको समेत बताइएको छ । यद्यपि, कुन भाइरस हो भन्नेबारे अझै अनुसन्धान भइसकेको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको हो ।















प्रतिक्रिया