१३ कार्तिक २०८३, शुक्रबार

स्कुल बसको ठक्करबाट एकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । उदयपुरको चौदण्डी गढी नगरपालिका–१० इक्राहामा आज बिहान १० बजे एक स्कुल बसको ठक्करबाट स्थानीय ६२ वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बस को१ख २७४८ नंको बसले इक्राहास्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गरेको श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको उदयपुर प्रहरीले बताएको छ ।

बसचालक चौनपा–१० इक्राहाका ३८ वर्षीय रत्नबहादुर कार्कीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने श्रेष्ठको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखेको उदयपुरका प्रहरीप्रमुख भीमप्रसाद दाहालले बताए । –रासस