१३ कार्तिक २०८३, शुक्रबार

कर्णालीको एमालेको संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २२ चैत । कर्णाली प्रदेशमा नेकपा एमालेले बोलाएको संसदीय दलको बैठकमा नेता माधव नेपाल–झलनाथ खनाल समूहका सांसदहरु पनि सहभागी बनेका छन् ।

मन्त्री समेत रहेका सो समूहका सांसदहरु बैठकमा सहभागी भएका जनाइएको छ ।

बैठकमा सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्थ मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कर्णाली प्रदेश सभामा नेकपा एमालेमा १९ जना सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा प्रदेश सरकार संकटमा पर्नेछ । त्यसपछि नयाँ सरकार निर्माणको विकल्प खोज्नु पर्नेछ ।

माओवादीका धर्मराज रेग्मीलाई हटाइएपछि प्रदेशमा ३९ जनामात्रै सांसदहरु रहेका छन् ।

एक जना सभामुख भएकाले एमालेसँग १९ जना सांसद रहेका छन् । सरकार गठनका लागि २० जना आवश्यक हुन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन् ।